काठमाडौं । नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत हिृवलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपिएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपिएफले बागमती प्रदेशलाई ३९-२० ले पराजित गर्यो । गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६-१६ ले हराउँदै तेस्रो भयो ।
महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५-१० ले पाखा लगायो । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १२-८ ले पन्छ्याउँदै तेस्रो बन्यो । विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा