
नवलपरासी । पश्चिम नवलपरासी कारागारका प्रमुख बिनोद दत्त घुस लिँदै गर्दा प्रकाउ परेका छन् ।डेढ लाखसहित उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा रहेको निवासबाट आइतबार पक्राउ गरेको हो।
कारागार प्रशासक (शाखा अधिकृत) दत्तले सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधामा सहजीकरण गरिदिने भनी घुस लिएकाे अख्तियारले जनाएकाे छ । सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलि खटिएको थियो । अख्तियारको टोलीले दत्तसँग रहेकाे सेवाग्राहीबाट एक लाख र श्रोत नखुलेको पचास हजार रुपैयाँ बरामद गरेकाे जनाइएको छ।
कारागार प्रशासक दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै रकम लिएको स्रोतले बताएको छ।
कारागारको चौकीदार छनौट कारागार, प्रहरी र प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समितिले गर्ने उल्लेख छ। बिराटनगर महानगर वडा नम्बर १० मा घर भएका दत्तमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच