
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकै सखाप पारेपछि किसानहरु चिन्तित भएका छन् ।
बाली लाग्ने बेला भएको मकैमा फौजी किराले सखाप पारेपछि किसानहरु चिन्तित भएका हुन् । असिना पानीले ठूलो क्षति व्यहोरेका किसानले केही महिनामै मकै बालीमा फौजी किराको प्रकोपले आजित पारेको किसान नासुन तामाङको भनाई छ ।
उहाँका अनुसार ‘महामारीको चक्रमा त फस्यौं नै । तर लगाएको बाली भित्र्याएर जिविको चलाउला भन्ने आश पनि रहेन । तर दुई सातादेखि फौजी किराले फल्नै लागेको मकैको गुभो खाएर सत्यनाशै बनायो ।’
खनियाबासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हु लगायतका करिव एक सय ५० रोपनी जग्गामा लगाएको मकै फौजी किराले सखाप पारेको छ ।
खनियाबास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारीका अनुसार टोलमा मकै सखापै बनाए पछि १/२ जनाले औषधि प्रयोग गरेपनि किरा नियन्त्रणमा आएको छैन । 'चिमोठ्दै मार्दै गरेका छौं । तर फौजी किराको प्रकोप यसरी आयो कि हामीले नियन्त्रण गर्नै सकेनौं । हातैले मारेर साध्य नै भएन ।’ उहाँले भन्नुभयाे । आसपासका सबै किसानले एकै चोटी विषादी हाले मात्रै फौजी किरा नियन्त्रण गर्न सकिने बताउँदै उहाँले भन्नुभयाे, ‘फौजी किरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ’ । ‘एउटा किसानले मात्र विषादी प्रयोग गरेर नियन्त्रणमा आउँदैन । पालिकामा विषादी उपलब्ध छ । सबै किसानले विषादी हाल्नु पर्ने हुन्छ । शुरुमा भएको भए प्राकृतिक शत्रु जिवबाट नियन्त्रण गर्न सकिन्थ्यो’ – ‘अब सबै किसान मिलेर एकै चोटी छर्किन सके मात्रै नियन्त्रण हुन्छ । अन्नबालीमा विपद्जन्य घटना र रोगकिराको महामारी निरन्तरको चक्र नै बनेको उहाँको भनाइ छ । आसपासका सबै किसानले एकैसाथ विषादी हाले फौजी कीरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारीले बताउनुभयो ।
साधारणतया मकै छरेदेखि भॉच्ने बेलासम्म विभिन्न प्रकारका किराहरुले आक्रमण गर्दछन । ति मध्ये विश्वभरि करिब ४ वर्ष अघिदेखि मकै खेतिमा प्रभाव पारेको र नेपालमा अघिल्लो बर्ष यता मकै खेति गर्ने किसानलाई क्षति पु-याउँदै आएको शत्रु अमेरिकन फौजि किरा हो । यसलाई अंग्रेजीमा अमेरिकन फल आर्मी वर्म भनिन्छ । यो किरा अमेरिकाको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा हो।
सन् २०१६ मा पहिलो पटक अमेरिकाको मकै खेतिमा देखिएको यो किरा सन् २०१८ मा भारत, चिन र वङ्गलादेशमा देखापरि नेपालमा प्रवेश गरेको हो । यो किरा सन् २०१९ को अगस्त १२ गते नेपालको नवलपुरको गैडाकोटमा पहिलो पटक देखिएको थियो । यस किराले मकैमा मात्र नभई अरु अन्न बालि जस्तै धान, गहुँ, कोदो र जुनेलोमा पनि हानी गर्दछ।
-यस किराको अण्डा पातको तल्लो सतहमा मा रहेका हुन्छन् । यिनीहरुलाई सेतो खैरो कत्लाले ढाकेको हुन्छ ।
-यस किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो रगंको हुन्छ । हुर्कदै जादा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ भने टाउको गाढा खैरो हुन्छ । लार्भाको जीवन १४–२१ दीनको हुन्छ ।
-यदि किराको लार्भाको पेटको आठौ‘ भागमा चारवटा ठुला ठुला धब्बा छन् भनेपनि त्यो फौजी किरा हुन सक्छ । पूर्ण विकसित लार्भा ३–४ सेन्टिमिटर लामो हुन्छ ।
-बिशेषगरि यो किरा वेलुका र रातिको समयमा चर्न रुचाउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच