स्याङ्जा । स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नं ५ ज्यामिरेस्थित सोही ठाउँ बस्ने ७३ वर्षीया खेमकुमारी मल्ल मृत अवस्थामा फेला परेकी छन् ।
शनिबार दिउँसो पहिरो जाँदा पहिरोमा पुरिएर बेपत्ता भएकी उनको स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा खोजी भइरहेको थियो ।
पहिराले घर पुरिँदा घरमै बसेकी मल्ललाई पुरेको थियो ।
उक्त घरमा सासूबुहारी बस्दै आएका थिए । पहिरो खस्दाखस्दै बुहारी रिता मल्लको भने भागेर ज्यान जोगिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता