कैलाली । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ। पहिरोले सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने सडकहरू अवरुद्ध भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार पहिरोले कैलाली कन्चनपुरबाट सात पहाडी जिल्ला जोड्ने सडकसगैँ बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ रुवाखोला अनारखोलीमा पहिरो जाँदा सुदूरका ७ पहाडी जिल्लाको तराईसंगको सम्वन्ध बिच्छेद भएको छ ।
दार्चुलाको मालिकार्जुन नगरपालिका-२ को पनेबाज र शैलेशिखर नगरपालिका-६ पर्नेवास, बैतडीको सुर्नया गाउँपालिका-६ तर्फको ढोल्यामोड र पाटन नगरपालिकाको साँणीघाँटी, बझाङको तमैल र अछामको साफ-मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका-१३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।






