काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे संसद भवनमा बस्नेछ । बैठकमा नेपाली काँग्रेससँग भएको सत्ता समझदारीबारेमा छलफल हुनेछ ।
साथै एमालेले संसदमा आफूलाई प्रतिपक्ष दलमा राख्न संसद सचिवालयलाई पत्र पठाइसकेको छ । त्यसैले पार्टीको आसन प्रतिपक्षमा राख्न र प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने भनिएको विश्वासको मतका बारेमा पनि छलफल हुनेछ ।







