काठमाडौं । बुढानीलकण्ठ युथ सर्कलले समसामयिक राजनीतिक विषयका परिघटनाबारे छलफल गर्न चिया संवाद कार्यक्रमको आयोजना गरेको छ । बुढानीलकण्ठ नगरपालिका वडा-१० बालुवाखानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद गगनकुमार थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा प्रकाश पार्नु भएको थियो ।
बुढानीलकण्ठ युथ सर्कलसँग आबद्ध तथा सामाजिक अभियान्तासमेतको सहभागिता रहेको उक्त कार्यक्रममा उपस्थित मानुभावहरूले उठाएका विषयको सवाल जवाफ कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा जनता जागरूप गराउने उद्देश्यले आयोजना गरिएको प्रतिक्रिया दिँदै युथ सर्कलका संयोजक तथा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाका सचिव विजेन्द्र श्रेष्ठले उपस्थित सबैलाई स्वगत गर्दै सुरु भएको थियो । सो कार्यक्रमा विशेषगरी सहकारीमा भएको अनियमितता, भ्रष्टचारलगायत केन्द्रित रहेको थियो ।
यिनै विषयमा युथ सर्कल तथा उपस्थित जनबाट उठेका प्रश्नको सवाल जवाफमा राजनीतिक सल्लाहकार पौडेलले प्रष्ट्याउने कोसिस गर्नु भएको थियो । हाल सहकारीमाथि उठेका प्रश्नहरूमा सरकारले संसदीय छानविन समिति बनाएको र सो समिति पनि नेपाली कांग्रेसको जोडबलमा बनेको हुँदा संकट ग्रस्त सबै सहकारीको अध्ययन/अनुसन्धान गरी आएको प्रतिवेदनको आधारमा कारबाही हुने प्रक्रिया सहकारी ऐनमा भएनुसार हुने भएको हुँदा पीडिले न्याप पाउने कुरामा विश्वास्त रहेको हुँदा बताउनुभयो । उपस्थितहरूको प्रश्नमाथि प्रश्न ज्यादा रहेको हुँदा पटकपटक विषयवस्तुमा मात्र केन्द्रित रहन आग्रह गर्नु परेको थियो ।
बुढानीलकण्ठ नगरपालिकाभित्र रहेका तमाम् व्यथिति र विसंगती उजागर युथ सर्कललाई आहृन पनि गर्नु भएको छ । युथ सर्कलले प्रत्येक महिना समसामयिक विषयमा छलफल गर्न सम्बन्धित विषयका दिग्गज व्यक्तित्वहरूका उपस्थितिमा २०८० चैतदेखि निरन्तर कार्यक्रम गरिरहेको छ । यसपटक अतिथिको रूपमा पौडेललाई बोलाइएको युथ सर्कल सदस्य ममता मल्लले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा