भोजपुर । संविधानले तोकेका नागरिकका मौलिक अधिकारको कार्यान्वयन र जनचासोका बिषयहरुमा नागरिक समाज सदैव चनाखो हुनु पर्नेमा भोजपुरमा शनिवार आयोजित गोष्ठीका सहभागिले बताउनु भएको छ ।
नागरिक समाजले आयोजना गरेको नागरिक सचेतना गोष्ठीका सहभागिहरुले नागरिकले अझै पनि अधिकार पाउन नसकेको भन्दै त्यसतर्फ खवरदारी गर्न नागरिक समाजले भुमिका निर्वाह गर्नु पर्ने धारणा राख्नुभएको छ । नागरिक समाजका संयोजक परशुराम तिवारीको अध्यक्षतामा आयोजित कार्यक्रममा अधिवत्ता उत्तम राईले मानव अधिकारको चुनौती र समाधानको लागि नागरिक समाजको भुमिका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
राईले उल्लेख गर्नु भएको बिषयबस्तुमा मानव बेचबिखन, शरणार्थी संकट, श्रमिक अधिकार, प्रविधि, लैङ्गिकविभेद, राष्ट्रवाद, पत्रकार आक्रमण तथा गलत सूचनाको प्रवाह, बातावरण परिवर्तन र अन्य समाजमा देखिने चुनौतीका विषय समेटिएको छ । सोही आधारमा गरिएको अन्तरिक्रयामा नेपाली कांग्रेसका उपसभापति डम्वरकुमार श्रेष्ठ, माओवादी केन्द्रका सहइन्चार्ज बिमल खडका, नेपाल मानवअधिकार संगठनका अध्यक्ष सुरेन्द्र काकी, प्राध्यापक पदमबहादुर कार्की, उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष धुर्वलाल श्रेष्ठ लगायतले आफनो धारणा राख्नु हुदै संबिधानमा नै ब्यबस्था भएको नागरिकको मौलिक अधिकारहरुको बिषयलाई गाउँ गाउँका नागरिकमा पुर्याउन जरुरी भएको धारणा राख्नुभयो ।
जानकारीको अभावमा कानुनले प्रद्धत गरेका अधिकारहरुका बिषयमा नागरिकहरु अझै पनि सचेत हुन नसकेकाले कानुनको पालना, बिधिको शासन कार्यान्वयमा नागरिक समाजले सदैव खवरदारी गर्न जरुरी रहेको बत्ताहरुको भनाई थियो ।
सोहीक्रममा भोजपुरका बरिष्ठ पत्रकार निरोज कोइरालाले जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको आईसियु सेवा बजेट अभावमा जनशक्ति नहुदाँ नचलेको र त्यस तर्फ बजेट ब्यवस्थापनमा सरकार र स्थानीय सरकारले पनि चासो नदेखाएकाले नागरिक समाजले खवरदारी गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो ।
नागरिक समाजका संयोजक तिवारीले सवै पक्षमा सकारात्मक सोचको बिकास हुन जरुरी रहेको बताउँदै नागरिकका अधिकार र जनगुनासोका बिषयमा समाजले सधै खवरदारी गरि रहने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकका गुनासो सुन्ने अधिकारीहरुलाई खवरदारी गर्न जरुरी छ, सरकारी सेवा प्रवाहमा देखिने समस्याहरुका बिषयमा पनि उनीहरुको ध्यानाकर्षण हुनुपर्छ ।
नागरिकका अधिकारका बिषयमा अन्य सहभागिहरुले पनि पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरोकारवाला निकायहरुले ध्यान नदिने गरेको गुनासो गर्नु भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता