
हुम्ला । विहिबार दिउँसोदेखि हिमाली जिल्ला हुम्लामा निरन्तर वर्षा हुँदा जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । हुम्लाको उत्तरी नाम्खा र सिमकोट गाउँपालिकालाई जोड्ने काठे पुल शनिवार दिउँसो अविरल वर्षा हुँदा आएको बाढीले बगाएको छ ।
नाम्खा गाउँपालिका–१ हेप्का खोलामा सवारी साधन गुड्दै आएको काठे पुल शनिवार आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताउनुभयो । हेप्का खोलामा रहेको काठे पुल बगाएपछि धारापोरी प्रहरी चौकीको टोली त्यहाँ पुगेको निरीक्षक चन्दले जानकारी दिनुभयो । सवारीसाधन समेत गुड्ने गरेको उक्त काठे पुल बाढीले बगाएको उहाँले बताउनुभयो । विहिबारदेखि परेको अविरल वर्षाका कारण खोलाको बहाव बढेको थियो । बाढीले कुनै मानवीय क्षति भने जभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
हेप्का खोलामा निर्माण हुने पक्की पुलको सम्झौता भइ निर्माण कार्य अधुरो भएर अहिले अलपत्र अवस्थामा पुगेको छ । २०७४ साउनमा दुई वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको हेप्का खोला पुलको हालसम्म ठेकेदारले उक्त पुल निर्माण सम्पन्न नगरेर अलपत्र पार्दा सवारी गुड्ने अस्थायी बनाइएको काठे पुल बगाएको हो । नाम्खा–१ स्थित हेप्काखोलामा पक्की पुल निर्माण हुन लागेको ७ वर्ष पुगेको छ भने उक्त पुल बनाउने जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौँले पाएको थियो । विसं २०७४ साउनमा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्काखोला पुल सात वर्षसम्म अधुरै छ ।
अहिले पुल निर्माण हुन नकसेर अलपत्र अवस्थामा पुगेको छ । पक्की पुल निर्माण नभएपनि काठको पुल निर्माण भएर सवारीसाधनले आवतजावत गरिरहेका थिए । पैदल मार्ग गाडी मार्फत मानसरोवर कैलाश दर्शन गर्ने मुख्य पुल हेप्का खोला पर्दछ । हेप्का खोलाको काठे पुल तरेर मानिस तथा सवारी साधन आवत जावत गर्छन् । सदरमुकाम सिमकोटदेखि उत्तरी नाम्खा गाउँपालिकाका साथै चीनसँग जोडिएको हिल्सा, लिमी लाप्चा जाने हेप्का खोलाको पुल मुख्य पर्दछ ।
यसैगरी जिल्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका–६ मासिधारा र मेल्छाम गाउँमा रहेका खेतबारी समेत यो वर्षाले क्षति गरेको जानकारी आएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । मासिधारा र मेल्छाममा यहाँका किसानले खेतमा लगाएको बालीमा भल गएर क्षति पु्रयाएको उहाँले बताउनुभयो । शनिवार जिल्लाका अन्य गाउँपालिकामा अविरल परेको वषाले क्षति गरेको विवरण नआएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच