काठमाडौं । न्याय परिषद्को बैठक आज (बुधबार) बस्दैछ । सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि न्यायपरिषद् बैठक बस्न लागेको हो । । परिषद्ले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने सम्भावना छ ।
बैठक आज दिउँसोका लागि बोलाइएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।
हाल उच्च अदालतमा ४१ र सर्वोच्चमा ६ जना न्यायाधीशको पद रिक्त छ ।
सोमबार बसेको परिषद् बैठकमा पनि न्यायाधीश नियुक्ति हुन सकेको थिएन । भागबन्डाको राजनीतिले लामो समयदेखि न्यायाधीश नियुक्ति अवरुद्ध हुँदै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts