सिन्धुली । जिल्लाको होटलमा सिन्धुपाल्चोकका एक नागरिक मृत फेला परेका छन् । कमलामाई नगरपालिका–६ राममाडीस्थित मुस्कान होटलको दोस्रो तल्लामा मृत भेटिएका हुन् ।
गत माघ ३ गतेदेखि होटलको १०३ नम्बर कोठा भाडामा लिएर बस्दै आएका त्रिपुरासुन्दरी गाउँपालिका–६ बस्ने ४१ वर्षीय नारायण बोहोरा शनिबार मृतवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार बोहोराको मृत्यु हुनुको कारण अझैसम्म खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक बोहोरा रेडबुल कम्पनीको डिलर म्यानेजर हुन् । सिन्धुली, ओखल्ढुङ्गा, सोलुखुम्बु र खोटाङ उनको कार्य क्षेत्र रहेको खुलेको छ ।
बिहिबार ओखल्ढुङ्गा जान्छु भनेर कम्पनीका कर्मचारीहरुसँग छुटेका बोहोरालाई शनिबार भाडामा लिएको कोठामा घोप्टो परेर सुतिरहेको अवस्थामा सिन्धुली प्रहरीले फेला पारेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts