अविरल बर्षाका कारण रोल्पाको सहिद मार्गको सिस्ने – थवाङ सडकखण्ड अबरुद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-एल बि मगर

रोल्पा । गए राती देखी परेको अविरल बर्षाका कारण पहिरो जाँदा रोल्पाको सहिद मार्गको सिस्ने - थवाङ सडकखण्ड अबरुद्ध भएको छ ।

ADVERTISEMENT

घर्तीगाउँस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टका अनुसार उक्त सडकखण्डको सिस्ने, गरगरे र खरिबोट क्षेत्रलगायत धेरै स्थानमा पहिरो जाँदा गएराती देखी नै सडक अबरुद्ध भएको छ । विभिन्न स्थानमा सडकको माथिबाट पहिरो झरेर र लेदो बगेर सडक अबरुद्ध भएको प्रहरीकाे भनाई छ । पहिरो हटाउन डाेजरले काम गरिरहेको भए पनि पानी परिरहेका कारण ढिलाइ भएको र पहिरो हटाउन केही समय लाग्न सक्ने ट्राफिक प्रहरी पोस्टले बताएको छ ।

सडक अबरुद्ध हुँदा हिजो देखि नै उक्त सडक हुँदै दाङ, रोल्पा , रुकुम जाने सवारी साधनहरु बीच सडकमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज