
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र क्यापिटल हस्पिटल प्रालिबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार समृद्धि फाइनान्सका सेयर सदस्य, कर्मचारी तथा खातावालाले समृद्धि मोबाइल बैंकिङ र डेबिड कार्ड प्रयोग गरी क्यापिटल हस्पिटल बागबजारमा स्वास्थ्य उपचार सेवा उपभोग गरी भुक्तानी गर्दा भारी छुट पाउनेछन् ।
सम्झौतामा फाइनान्स प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुभास श्रेष्ठ र क्यापिटल हस्पिटलका प्रबन्ध निर्देशक अशोकरत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । अर्थोपेडिक (अपरेसन/प्रक्रिया शुल्क)मा १० प्रतिशत, स्त्री रोग (अपरेसन/प्रक्रिया शुल्क)मा १० प्रतिशत, सामान्य शल्यक्रिया(अपरेसन/प्रक्रिया शुल्क)मा १० प्रतिशत, अल्ट्रा साउण्डमा १५ प्रतिशत, प्रयोगशाला सेवामा १५ प्रतिशत, एक्स-रेमा २० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र बेड चार्जमा १० प्रतिशत छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच