झापा । झापाको झापा गाउँपालिका ३ कामाटोलीका सतिसकुमार गणेशले श्रीमती अनिशाकुमारीको आज साँझ हत्या गरेका छन् ।
३३ वर्षीय सतिसले २४ वर्षीया श्रीमतीको हम्मर प्रहार गरी हत्या गरेको झापा प्रहरीले जनाएको छ । श्रीमतीको हत्या लगत्तै सतिस फरार रहेका छन् ।
आपसी विवादमा आक्रोशित बनेको सतिसले प्रहार गरेको हम्मरबाट अनिशाकुमारीको घटनास्थलमा नै मृत्यु भएको हो ।
उनीहरू बीच विगतमा पनि आपसी झगडा हुने गरेको थियोे । झगडाको कारण खुल्न सकेको छैन। फरार सतिसको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालयको टोली अहिले घटनास्थलमा छ ।






