सरकारले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने राष्ट्रिय सभाका सांसदहरुकाे माग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु शारदादेवी भट्ट, सुमित्रा बिसी, मृगेन्द्रकुमार सिंह यादवलगायतका सांसदहरुले किसानलाई मलको आवश्यक व्यवस्था मिलाउनका लागि वितरण प्रणाली पुनरावलोकन गर्न पनि सरकारलाई सचेत गराउनुभएको थियो । सांसद भट्टले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । उहाँले वर्षात धेरै नागरिक पीडित भएको र उनीहरुको राहतका लागि के काम भइरहेको छ ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।

सांसद भट्टले भन्नुभयो, ‘म फेरि दोहो¥याएर यही सोध्न चाहन्छु कि बाढी, पहिरो, डुबान के नेपाल सरकारले कहाँ कति उद्धार ग¥यो ? के के व्यवस्था भयो ? सुन्न चाहन्छु । र, यसको व्यवस्थाका लागि जोडदार माग पनि गर्न चाहन्छु । ’

त्यसैगरी सांसदहरुले वर्षाका कारण भूकम्प पीडितहरुले झनै पीडा व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरुको समस्या समाधानमा गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सुमित्रा बिसीले जाजरकोटमा पहिरोका कारण ५ वर्षीय बालकको समेत ज्यान गएको उल्लेख गर्दै पीडितलाई उचित राहतको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।

सांसद बिसीले भन्नुभयो, ‘देशभर बाढी, पहिरोहरु आइरहेको छ । भूकम्पले छियाँछियाँ भएको जाजरकोटमा फेरी दुखद घटनाहरु घटना शुरु गरेका छन् । यही असार १६ गते वीर बहादुरको घर भत्केर ५ वर्षीय बालकको मृत्यु भएको छ । मृतकलाई क्षतिपूर्ति दिने र घाइतेहरु औषधि उपचारको व्यवस्था गर्न म माग गर्दछु । मनाङको बाटो पनि जोखिममा छ । त्यसको पनि सरकारले उचित व्यवस्था गर्नुपर्छ ।’

ADVERTISEMENT

सांसद मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मलको अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाउन त्यसको वितरण प्रणालीमा पुनरावलोकन गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले किसानहरुले सुलभ र सहज रुपमा मल पाउने व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभयो ।

सांसद यादवले भन्नुभयो, ‘अहिले किसानहरुको लागि धान रोपाईको पीक सिजन हो । कृषि मन्त्रालयले जति भनेपनि किसानहरुले सहज र सुलभ रुपमा मलखाद पाएका छैनन । मेरो विचारमा मल वितरण प्रणालीलाई नै पुनरावलोकन गर्नुपर्छ ।’

सांसद तुलसाकुमारी दाहालले सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जोड दिन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले सार्वजनिक विद्यालयको शिक्षामा सुधार नगरेसम्म मुलुकको शैक्षिक क्षेत्रले प्रगति गर्न नसक्ने पनि उल्लेख गर्नुभयो ।

सांसद दाहालले भन्नुभयो, ‘सार्वजनिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन ढिलाई भइसकेको छ । यसमा सरकार र सरोकारवाला सबैले ध्यान दिन आवश्यक छ ।’

सांसद दाहालले एसईई परीक्षामा धेरै विद्यार्थी अनुतिर्ण भएकाले त्यस्तो अवस्था आउन नदिन पनि सरकार चनाखो हुनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?