बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले–१ स्थित धिमी खानसिङमा शहिद स्मृति पार्क निर्माण गरिएको छ । सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएकाहरुको सम्मानका लागि शहिद स्मृति पार्क निर्माण गरिएको हो । शहिद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा पार्क निर्माण भएको छ । पार्कमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाउनु भएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्क बहादुर थापा र चाँदनी थापाको शालिक राखिएको छ ।
अघिल्लो वर्षदेखि निर्माण सुरु भएको पार्क चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकार र काठेखोला गाउँपालिकाका संयुक्त लगानीमा पार्क निर्माण गरिएको काठेखोला गाउँपालिका–१ अध्यक्ष खडक थापाले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा १५ लाख, आलु आर्थिक वर्षमा २० लाख गरि ३५ लाख गर गाउँपालिकाले गत वर्ष दुई र यस वर्ष दुई लाख गरि चार लाव विनियोजन गरेको उहाँको भनाइ छ ।
कुल ३९ लाख लागतमा यहाँ पार्क निर्माण भएको अध्यक्ष थापा बताउनुहुन्छ । उक्त बजेटबाट ३५० मिटर पदमार्ग, सालिक, गेट, सडक ढलान र घराबारको काम भएको उहाँको भनाइ छ । अध्यक्ष थापाले शहिदको सम्मानसँगै पर्यटन प्रवद्र्धन गर्न पार्कले टेवा पु¥याउने बताउनुभयो । पार्क जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको हुँदा पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
अध्यक्ष थापाले भन्नुभयो, “शहिदको स्मृतिमा यो पार्क निर्माण गरेका हौँ, पार्कले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने छ, यो पार्कसँग एउटा पहिचान, इतिहास र सम्मान पनि जोडिएको छ, राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिनु भएका यही ठाउँका शहिदहरुको सालिकहरु पनि राखिएको छ, पार्कले गाउँको सुन्दरतालाई बढाउएको छ, गत वर्ष पार्क नजिकै चौतारा लगायतमा संरचना निर्माण गरि सकेका थियौँ, पार्कै नजिक द्वन्द्वकालका इतिहाससँग सम्बन्धि अभिलेख राख्ने रयस ठाउँलाई अध्ययन अवलोनक गर्ने गन्तव्यका रुपमा विकास गर्ने योजना छ ।”
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि यहाँ पार्क निर्माण गरिएको बताउनुभयो । गाउँपालिकाले अन्य ठाउँमा पनि पर्यटकीय पूर्वधार निर्माणसँगै र प्रचारप्रसारमा जुटेको भन्दै वडा नम्बर १ मा शहिद पार्क निर्माण गरिएको उहाँको भनाइ छ । काठेखोला पर्यटकीय हिसाबले निकै संभावना बोकेको ठाउँ भएको हुँदा पर्यटन सम्बन्धि संरचना थप्दै जाने अध्यक्ष थापाले बताउनुभयो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts