धादिङ । धादिङको सदरमुकाम धादिङबेसिस्थित नीलकण्ठ नगरपालिका–३ बीचबजार चोक नजिक पार्किङ गरिराखेको कारभित्र शंकास्पद वस्तु फेला परेको छ ।
सदरमुकामको बिचबजारमा रहेको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको बा १६ च ९१७२ नम्बरको गाडीमा उक्त सामान फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
आज दिउँसो ३ बजेतिर अन्जान व्यक्तिले चाबी लगाएको सुटकेश कारभित्र राखेर गएको प्रत्यक्षदर्शी हरी श्रेष्ठले जानकारी दिनुभयो ।
सिसिटिभि फुटेजका अनुसार धेरैबेर कार वरपर ओहोरदोहोर गरेर सुटकेश कारमा हालेको देखिएको धादिङका डिएसपी मकेन्द्र कुमार मिश्रले बताउनु भयो । उहाँका अनुसार डिस्पोजल टोली घटनाबारे अनुसन्धान गरिरहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता