भोजपुर । काम गर्नेक्रममा रडले टाउकोमा लाग्दा धनकुटामा एक मजदुरको मृत्यु भएको छ ।
धनकुटाको सागुरीगढी गाउँपालिका वडा नम्वर ३ स्थित रघुवा खोलाको निर्माणाधिन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्वर २ का ४० बर्षीय मदन मगर रहेका छन् ।
मंगलवार दिउँसो साढे ३ बजे तिर पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसेर टाउकोमा लाग्दा घाइते मगरको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।






