
चितवन । चितवनको रत्ननगर वडा नं–१४, पिठुवास्थित चाउचाउ उद्योगमा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेका एक कामदारको उपचारका क्रममा मृत्यु भएको छ ।
स्मार्ट फुड एण्ड स्न्याक प्रालि (चाउचाउ फ्याक्ट्री)मा काम गर्ने कर्मचारी रत्ननगर–१४ बस्ने ५५ वर्षीय बलबहादुर गुरूङ सोही उद्योगमा बिजुलीको काम गर्ने क्रममा एक्कासि दुई तलामाथिबाट खसेर गम्भीर घाइते भएका थिए ।
शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका गुरूङलाई उपचारका लागि बकुलहर रत्ननगर अस्पताल, टाँडी ल्याइएकोमा निजको उपचारको क्रममा मंगलबार मध्याह्न १२ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच