
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने हुनुभएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले तत्काल राजीनामा दिन नहुने निष्कर्ष निकालेको हो ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अहिले राजीनामा नदिई विश्वासको मतको सामना माओवादीले निर्णय गरेको छ । विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ।
माओवादी सचिव तथा सांसद देवेन्द्र पौडेलले भन्नुभयो, ‘सरकारमा सहभागी दल कसैले पनि समर्थन फिर्ता लिनुभएको छैन। त्यो कारण प्रधानमन्त्रीजीले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिनुहुन्छ । आज पदाधिकारी बैठकमा यही विषयमा छलफल भएको छ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच