काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी नेपाली कांग्रेससँग समझदारी भएको बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले राजनीतिक स्थायित्वका लागि संबिधान संशोधन गर्ने र ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताउनु भएको हो ।
उहाँले लेख्नुभएको छ, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माण गर्ने गरी केपीशर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरीने ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts