स्याङ्जा । इलाका प्रशासन कार्यालय वालिङले राहादानी प्रक्रियामा नागरिकलाई राहत दिएको छ । राहदानीको फर्म भर्दा लाग्ने शुल्क अबदेखि नलाग्ने भएको छ ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमार्फत कानूनी रुपमा योग्य व्यक्तिहरुलाई राहदानी सम्बन्धी सेवा दिने व्यवस्था अनुरुप स्याङ्जा जिल्ला ईलाका प्रशासन कार्यालय वालिङले राहदानी सेवा दिदै आइरहेको छ ।
राहदानीका लागि सेवाग्राहीले आवेदन फर्म भर्नुपर्ने हुन्छ । आवेदन फर्मका लागि कार्यालय वरपरका व्यवसायीले ६०० देखि ८०० सम्म पैसा असुल्दै आइरहेका थिए । फर्म भर्ने क्रममा मनपरी शुल्क लिँदा नागरिकले दुस्ख पाइरहेका थिए । राहदानीको फर्म भर्दा एकातिर झन्झट र अर्कातिर अनावश्यक पैसा खर्च भइरहेको अवस्थामा कार्यालय प्रमुख संयोग भट्टराईको नेतृत्वमा यसलाई निशुल्क बनाइएको हो ।
कार्यालयमा कामको अत्यधिक चाप र कर्मचारीको अभावका बाबजुद भएका कर्मचारीको सामुहिक प्रतिबद्धताले नै यस कार्यको थालनी गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख तथा प्रशासकीय अधिकृत संयोग भट्टराईले बताउनुभयो ।
उहाँले भन्नुभयो, ुसरकारी सेवा शून्य लागत अथवा कम लागतमा वितरण गर्न, सरकारी सेवाप्रति सेवाग्राहीको दृष्टिकोणमा परिवर्तन गर्न, सेवामार्फत शासनको वैधानिकता अभिवृद्धि गर्ने उद्देश्यले यस सेवाको थालनी गरेका हौं ।ु







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता