
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभएको छ ।
सोमवार मन्त्रीपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारमाध्यममा असमझदारी भयो, गठबन्धन टुट्यो भन्ने जस्ता समाचारमा सत्यता नरहेको स्पष्ट पार्नुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सकारात्मक छलफल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय चल्ने बताउनु भयो । उहाँले सञ्चारमाध्यममा मिडिया ट्रायलका रुपमा वर्तमान सरकार ढल्यो भन्ने हल्ला फिँजाइएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बाहिर असमझदारी भए, बढे भन्ने जुन खालका चर्चा छन्, ति सबै कुरा असत्य हुन् । त्यस्तो छैन । सकारात्मक छ छलफल । यो गठबन्धन लामै समय जाने भनेर प्रधानमन्त्रीज्युले भन्नुभएको छ । हामीलाई पनि त्यस्तो मिडियामा आएको स्थिति होइन भन्नेकुरा ब्रिफिङ गर्नुभयो । यो गठबन्धन र सरकार यसरी नजाओस् भन्नेकुरा पनि कसैले सोचेको होला । यसलाई मिडिया ट्रायलका रुपमा ल्याइएको हो । कमरेड केपी ओलीले सबै आफ्ना मन्त्रीलाई ६ बजे बोलाएको भन्ने मिडियामा छ, मन्त्रीहरुलाई थाहा छैन । आएका सबै समाचारहरु सत्य हुँदा रहेनछन् भन्ने यो उदाहरण हो ।’
उहाँले आएका सबै समाचार सत्य हुँदा रहेनछन् भन्ने उदाहरणका रुपमा लिनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच