काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई अफ्ठ्याराेमा पार्ने काम भएको छ : प्रमुख सचेतक शाही

हिमालय टाइम्स कालिकोट, संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शिर्ष नेताहरुको निर्देशनका कारण काठमाडौं महानगरपालिकाको बजेट आउन नसकेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले काठमाडौं महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरुले फोन गरी कार्यपालिका बैठकमा बिरोध प्रदर्शन गर्न लगाएका बताउनु भयो । उहाँले दलहरुको राजनीतिको कारण काठमाडौं महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको बताउनु भयो । उहाँले दलका नेताहरुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई अफ्ठ्याराे पार्ने काम गरिरहेका भन्दै त्यसो गर्नु नहुने बताउनु भयो । उहाँले स्थानीय तहमा दलविहिन राजनीति हुनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो - ‘एउटा वडाध्यक्षलाई दलको शिर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइराखेको छ । संसद हो यहाँ दलको आवश्यकता छ, दलिय राजनीति गरौँ । तर स्थानीय तहमा अब दलविहिन राजनीतिको आवश्यकता छ । काठमाडौं महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको छ । त्यहाँका जनप्रतिनिधिहरुलाई जनताले स्थानीय वडाध्यक्ष चुनाएका हुन् कि कुनै दलको कार्यकर्तालाई चुनाएका हुन् ? हामी सबैले के बुझ्न आवश्यक छ भने यदि साँच्चै देश विकास गर्ने हो, साँच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित मान्छेहरुलाई स्वतन्त्र छोडिदिउँ । आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वतन्त्र चुनाव जितेकै कारणले उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने, कुन नेताको घरमा हाजिर लगाएर त्यहाँका कार्यपालिका सदस्यहरुलाई नारा जुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त पार्ने काम बन्द गरियोस् । र स्थानीय तहमा दलविहिन राजनीति होस् ।’

उहाँले मन्त्रीहरुले गर्नु हुनेभन्दा गर्नु नहुने कामहरु बढी गरिरहेका भन्दै संसदको भित्तामा मन्त्रीले गर्नु हुने र गर्नु नहुने काम भनि लेखेर राख्न माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज