बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना हुँदा दुई बालिका घाइते

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको मेलौली नगरपालिका-३ मा ट्याक्टर दुर्घटनामा परेको छ । आइतबार बिहान करिब साढे १० बजेतिर कुजागाड सडकखण्डको तल्खेत भन्ने स्थानमा सु प प्र ०२ च ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर दुर्घटनामा परी दुई बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँका करन चन्दकी ७ वर्षीया छोरी निकिता चन्द र बिर बहादुर चन्दकी ७ वर्षीया छोरी पुर्णीमा चन्द रहेकी छन् ।

घाइते दुवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याइएको छ ।

कोजागाड सडकखण्डमा ढुंगा लोड गर्ने क्रममा एक्कासी ट्याक्टर अगाडी बढेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो । ट्याक्टर सडकबाट सय मिटर तल खसेको हो ।

ADVERTISEMENT

दुर्घटनामा परेको ट्याक्टरको अगाडीको भाग स्थानीय धनी भट्टको घरमाथि अडिएको छ भने पछाडीको भाग घरअगाडीको बारीमा पुगेको छ । घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक धनिराम डकौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज