काठमाडौं । साहित्यिक पत्रकार संघ (सापस)ले शुभकामना आदान प्रदान गर्दै असार पन्ध्र मनाएको छ । शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सापसले यो दही च्यूरा खाँदै शुभकामना आदानप्रदानका साथ मनाएको हो ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा गायक गणेश पराजुली र नरहरि प्रेमीले विभिन्न चर्चित गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साहित्य क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts