गुल्मी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयकी अनिशा विश्वकर्मा जिल्ला उत्कृष्ट बन्नुभएको छ । यस जिल्लाका कूल चार हजार ७१ परीक्षार्थीहरुमध्ये यस विद्यालयकी साधारण धारतर्फकी अनिशाले ३.९५ जिपिए लिएर जिल्ला प्रथम बन्नुभएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर – ८, खानीगाउँ टुनीखोलास्थित यमबहादुर विश्वकर्मा र रिता विश्वकर्माकी कान्छी छोरीका रुपमा जन्मनुभएका विश्वकर्मा अध्ययनमा अत्यन्तै रुची राख्ने अनुशासीत विद्यार्थी भएको विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले बताउनुभयो । अनिशा निरन्तर अध्ययनशील विद्यार्थीसँगै मेहनती, लगनशील र बहुप्रतिभावान भएको उहाँले बताउनुभयो ।
त्यस्तै, तम्घासकै महेन्द्र माध्यमिक विद्यालयका कल्याण मरासिनीले ३.९० जिपिए ल्याउनुभएको छ । यस जिल्लामा साधारण धारतर्फ एक हजार २८० जना र प्राविधिक धारतर्फ १२३ जना विद्यार्थी उत्तीर्ण हुनुभएको छ ।
जसमा साधारर्ण धारतर्फ ३४ र प्राविधिक धारतर्फ ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुभएको हो । गुल्मी जिल्लाबाट एसइईमा सहभागीमध्ये साधारण धारतर्फका २१ जना र प्राविधिक धारतर्फका दुई जना परीक्षार्थीले ३.८ जिपिए ल्याउनु भएको छ। साधारण धारतर्फका ३९ जना र प्राविधिक धारतर्फका पाँच जना परीक्षार्थीले ३.७ जिपिए ल्याउनु भएको छ।
१६७ जना साधारण धार र १७ जना प्राविधिक धारतर्फका परीक्षार्थीले ३ जिपिए ल्याउनु भएको छ। २.९ जिपिए १४३ जना साधारण धार र १७ जना प्राविधिक धारतर्फका परीक्षार्थीले ल्याउनु भएको छ। साधारण धारतर्फका १५४ जना र पाँच जना प्राविधिक धारतर्फका परीक्षार्थीले २.८ जिपिए ल्याउनु भएको छ।साधारण धारतर्फका ११६ जना र प्राविधिक धारतर्फका आठ जना परीक्षार्थीले २.७ जिपिए ल्याउनु भएको छ। त्यस्तै, साधारण धारतर्फकै ८१ जनाले २.६ जिपिए, ५१ जनाले २।५ जिपिए, १५ जनाले २.४ जिपिए, छ जनाले २.३ जिपिए र एक÷एक जनाले २.२ र २.१ जिपिए ल्याएका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
देशव्यापी रुपमा यस वर्षको एसइईको नतिजामा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा जिल्लाको यस वर्षको नतिजा राम्रो नभएको भन्दै इकाई प्रमुख मरासिनीले शैक्षिक गुणस्तरमा सुधार ल्याउन जरुरी रहेको बताउनुभयो । विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान विषयका दक्ष शिक्षकहरुको व्यवस्थासँगै आगामी वर्षमा राम्रो नतिजा ल्याउने गरी सबै पक्ष लाग्न जरुरी रहेको उहाँले बताउनुभयो।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts