मुगु । मुगु जिल्लामा बिहिवार एक जनाको भिरबाट खसेर मृत्यु भएकाे छ ।
छायाँनाथ रारानगरपालिका वडा नं ७ आल्लाधुन भन्ने स्थानमा वडा नं ७ कै साहानीवाडाका ५९ बर्षिय गाेबिन्द साहनीकाे मृत्यु भएकाे मुगुका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनु भयाे ।
मृतक साहनी कामकाे शिलशिलामा बाटाे हिड्दा एक्कासी लडेर भिरबाट तल खस्दा निजकाे घट्ना स्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
घट्ना बिहिवार दिउँसाे भएपनि प्रहरीलाई स्थानियले २ बजेर ४५ मिनेटमा खवर भएकाे प्रहरीले बताएकाे छ ।
खवर थाहा पाउँदा साथ नेपाल प्रहरीकाे टाेली घट्ना स्थलमा पुगेर आवश्यक प्रकृया गरी लासलाई पाेष्टमाटर्मकाे लागि हिजाे नै जिल्ला अस्पताल ठिनी ल्याई आवश्यक प्रकृया अघि बढाईएकाे छ ।






