हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा आयोजना भएको प्रथम औद्योगीक प्रदर्शनी तथा प्रतियोगिता मेला सम्पन्न भएको छ ।
स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले औद्योगिक मेलाको आयोजना गरेर बुधबार सम्पन्न भएको हो । जिल्लाको स्थानीय रैथान उत्पादनलाई प्रथामिकता दिनका लागि जिल्लामा पहिलो पटक मेलाको आयोजना भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदिप कुमार रेग्मीले बताउनुभयो ।
प्रदर्शनी मेलामा जिल्लामा उत्पादन हुने, राडीपाखीबाट बनेका लिउ, फेरुवा, कोट, पाखो, गुनिउचोलो, घागर, रातो काम्लो, लगायतका सामग्री प्रर्दन गरिएको थियो । भने यस्तै ढाल, तरवार, तारे चुकबाट बनेका जुस, फापर, चिनो लगायतबाट बनेका विस्कुट, पाउरोटी, स्थानीय सिस्नुबाट बनेका विभिन्न परिकार, प्रदर्शन गरिएको थियो । साथै काठबाट बनेका दराज, सुत्ने बेड लगायतका विभिन्न परिकार राखिएको थियो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आयोजना गरेको औद्योगीक मेलामा ३७ वटा उद्यमीले आफ्नो विभिन्न प्रकारका स्थानीय उत्पादन प्रदर्शनीमा राखेका थिए । औद्योगीम प्रदर्शनमा खाद्य पेय, अन्य उत्पादन र सिलाई बुनाई समुह गरेर तीन विधामा स्थानीय उत्पादन प्रदर्शनी गरिएको थियो । भने सोही अन्तर्गत प्रदर्शनमा राखेका तीन विधाबाट उत्कृष्ठ उद्यगमीलाई पुरस्कृत गरिएको कार्यालयका प्रमुख रेग्मीले बताउनुभयो ।
जस अन्तर्गत खाद्य तथा पेय प्रदर्शनीमा सुर्वण सिमकोट खाद्य उद्योग प्रथम,बागजुर चिया तथा नर्सरी फलफुल उद्योग दोस्रो, विष्णु देव कृषि फर्म तृतिया र सञ्जय कृषि खाद्य उद्योग सान्तना भएको जानकारी प्राप्त भएको छ । क्रमश प्रथम, दृतिय, तृतिय र सान्तना हुनेलाई रु दश हजार, ६ हजार, तीन हजार र एक हजार पुरस्कारका साथ प्रमाण पत्र समेत प्रदान गरिएको छ ।
यस्तै अन्य उत्पादन तर्फमा कालाशिल्ता आवरण उद्योग प्रथम, भुप सैनिक जुत्ता पसल द्धृतिया, रलिङ्ग फर्निचर तृतिया र बुद्ध कृषि तथा पशुपालन फर्म सान्तना भएको जानकारी प्राप्त भएको छ । साथै उनिहरुलाई पनि क्रमश रु दश हजार, ६ हजार, तीन हजार र एक हजार नगद पुरस्कार राशी सहित प्रमाण पत्र प्रदान गरिएको हो ।
सिलाई बुनाई समुहमा लामा स्याउ फर्म प्रथम, सम्झना टेलर्स द्धृतिया, महिला सिस्नो उद्योग तृतिया र युडोल्मा जनरल स्टोर सान्तना भएको बताइएको छ । यि उद्योगका उद्यमीलाई पनि क्रमश रु दश हजार, ६ हजार, तीन हजार र एक हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको हो । औद्योगीक मेलाको मुख्य उद्दश्ये भनेको हुम्लामा उत्पादीत स्थानीय विभिन्न परिकारलाई प्रचारप्रसार गर्नका लागि आयोजना गरिएको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो ।
यस्तै ठेहे गाउँ र सिमकोट तल्लो, माथि गाउँका महिलाले चैतलो खेल समेत खेलेका थिए । बुधबारको समापन कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रमको समेत प्रदर्शन भएको थियो ।
औद्योगीक मेलाको समापन कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी, नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापती कैलाश भण्डारी, नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहरा, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहरा, राष्टि स्वतन्त्र पार्टीका महेन्द्र पाण्डे, लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सदरमुकावासी सहित आम नागरीकको सहभागीता रहेको औद्योगीक प्रदर्शनी मेला कार्यक्रमका कार्यक्रम सञ्चालक रेशमराज रोकायाले बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts