झापा । झापा मेचीनगर नगरपालिका १४ को फुलवासा खोलामा डुबेर मंगलबार साँझ एक नाबालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बामरा सन्थालका २० महिनाको छोरा रिहान भएको चारआली प्रहरीले जनाएको छ । घर बाहिर खेल्दै गरेका रिहान एकाएक हराएका थिए ।
खोज्ने क्रममा रिहानको शव स्थानीयले फुलबासा खोलामा तैरिरहेको अवस्थामा देखेका थिए । रिहानलाई खोलामा देखेर स्थानीयले बामरा परिवारलाई खबर गरेका थिए । उद्दार गर्दा रिहानको मृत्यु भइसकेको थियो।
घटना स्थल मगमग चाउचाउ फ्याक्ट्री पछाडि रहेको प्रहरीले जनाएको छ । रिहान खेल्ने क्रममा त्यहाँ पुगेको हुनसक्ने अनुमान गरिएको छ ।







