काठमाडौं । एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा यस वर्ष पनि एसइईको नतिजा एसएमएसमार्फत् प्रवाह गर्ने भएको छ । एसइई परीक्षाको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक पहुँच प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले बोर्डसँग सहकार्य गरेको जनाएको छ ।
स्प्यारोले विगतमा एसएलसीको नतिजा हेर्न लामो लाइनमा पर्खिरहनुपरेको र पत्रिकामा घण्टौं खोज्नुपर्ने प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । एसएमएसमा आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र अभिभावकका लागि परीक्षा केन्द्र जानुपर्ने वा जटिल अनलाइन पोर्टल हेर्नुपर्ने बाध्यता अन्त्य गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले भन्नुभयो, ‘मोबाइल फोनको व्यापक प्रयोगको फाइदा उठाउँदै यो एसएमएसमा आधारित नतिजा प्राप्त गर्न प्रविधिले देशका सबै कुनाका विद्यार्थीले उनीहरूको भौगोलिक स्थान वा इन्टरनेट जडानको बाबजुद सजिलैसँग उनीहरूको एसइई नतिजा हेर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्छ ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts