काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत रहने भएको छ । साथै चालु आर्थिक वर्ष कोशीको आर्थिक वृद्धि ३.५१ प्रतिशत रहने राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकमा छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअनुसार चालु आर्थिक वर्ष कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको हिस्सा ३३.२, उद्योगको १५.९ र सेवा क्षेत्रको ५०.९ प्रतिशत योगदान रहने अनुमान रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा समीक्षा अवधिमा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल २.३ प्रतिशतले घटेको छ । कोदो, आलु, सुर्ती, तरकारी, लसुनलगायतले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको हो । कोशीमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८८.६, तरकारी बालीले ढाकेको क्षेत्रफल ४.५ र अन्य बालीले ढाकेको क्षेत्रफल ६.९ प्रतिशत रहेको छ ।
कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफल ७३.८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा समीक्षा अवधिमा समग्र कृषि बालीको उत्पादन ०.०३ प्रतिशतले बढेको छ । सो अवधिमा खाद्य, नगदे तथा अन्य बालीको उत्पादन २.६, फलफूल उत्पादन १.२ तथा कफी उत्पादन ०.३ प्रतिशतले बढेको छ भने तरकारी उत्पादन १४ र चिया उत्पादन ०.१ प्रतिशतले घटेको छ ।
२०८० असारको तुलनामा २०८० पुसमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा ६.१ प्रतिशतले घटेर ५७ अर्ब ४३ करोड ४८ लाखमा झरेकोे छ ।
प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ४०.५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३९.७ प्रतिशत थियो । कोशीमा कुल सिञ्चित क्षेत्रफल ०.४ प्रतिशतले बढेको हो । कोशीमा छाला उत्पादन १४, खसी/बोका/भेडा ११.१, माछापालन ३.७ प्रतिशतले बढेको छ भने भैँसी/राँगा उत्पादन ५.३ र हाँस उत्पादन २.५ प्रतिशतले घटेको छ । काठ उत्पादन, औषधिजन्य उत्पादन क्रमशः २३.७ र ६०.९ प्रतिशतले बढेको छ भने अन्य उत्पादन २५.३ प्रतिशतले घटेको छ ।
२०८० असारको तुलनामा २०८० पुसमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा ६.१ प्रतिशतले घटेर ५७ अर्ब ४३ करोड ४८ लाखमा झरेकोे छ । २०८० पुससम्म कोशीमा प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जा अंश १०.८ प्रतिशत रहेको छ । २०८०÷८१ को पहिलो छ महिनाको अवधिमा प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४१.७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत क्षमता उपयोग ४०.९ प्रतिशत थियो । उत्पादित वस्तुअनुसार चप्पल उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ७८.८ र वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.९ प्रतिशत रहेको छ । चप्पल उत्पादन सबैभन्दा बढी ४९ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामान उत्पादन सबैभन्दा बढी २२.७ प्रतिशतले घटेको छ ।
अध्ययनमा समेटिएका ठूला ४३ उद्योगमा आर्थिक वर्ष २०७९÷८० को पहिलो छ महिनामा कुल १७ हजार पाँच सय ५८ जना श्रमिक कार्यरत रहेकोमा आर्थिक वर्ष २०८०÷८१ को पहिलो छ महिनाको अवधिमा ०.९ प्रतिशत नयाँ श्रमिकले रोजगारी पाएर जम्मा १७ हजार सात सय २० पुगेको छ । कोशीको कुल औद्योगिक रोजगारीमध्ये ९२.४ प्रतिशत स्वदेशी र ७.६ प्रतिशत विदेशी कामदारले रोजगारी पाएका छन् ।
२०८० असारको तुलनामा २०८० पुसमा कुल औद्योगिक कर्जा ०.५ प्रतिशतले बढेर एक खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । २०८० पुससम्म प्रदेशमा वाणिज्य बैंकका सात सय ५९, विकास बैंकका एक सय ९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ७० गरी जम्मा एक हजार आठ सय ६० शाखा पुगेका छन् ।
२०८० असारको तुलनामा २०८० पुसमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ४.१ प्रतिशतले बढेर चार खर्ब ३८ अर्ब पुगेको तथा कुल कर्जा प्रवाहमा ४.६ प्रतिशतले कमी आई पाँच खर्ब ३१ अर्ब कायम भएको छ । २०८० असारमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३२.३० प्रतिशत रहेकोमा २०८० पुसमा १२१.२० प्रतिशत रहेको छ । २०७९ पुसको तुलनामा २०८० पुसमा नमुना छनोटमा परेका सहकारी संस्थाको कुल पुँजी ५.६, कुल बचत १५.८ प्रतिशत बढेको छ भने ऋण २.८ प्रतिशतले घटेको छ ।
त्यस्तै, नमुना छनोटमा परेका होटलको औसत अकुपेन्सी दर ४४.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३९.२ प्रतिशत थियो । प्रदेशका नमुना छनोटमा परेका होटलमा बाहृय पर्यटक संख्या १.१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १५.३ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा समीक्षा अवधिमा कोशीमा समग्र जहाज उडान संख्या ७.३ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त संख्या ५६.७ प्रतिशतले बढेको थियो ।
२०७९ पुसको तुलनामा २०८० पुससम्म प्रदेशमा दर्ता भएका कुल सवारीसाधन संख्या २.१ प्रतिशतले बढेर सात लाख ८० हजार सात सय २१ पुगेको छ । त्यसैगरी २०८० पुससम्ममा कोशीका विभिन्न जिल्लामा निर्माण सम्पन्न ४३ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता ४७८.२५ मेगावाट रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts