बर्दिया । प्रहरी हौँ भन्दै रकम अशुल गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दियाको बाँसगढी नगरपालिका वडा न ९ स्थित अजय कटेजका संचालक जगराम थारुलाई आफुहरु प्रहरी भएको बताउँदै रकम माग गरेका थिए ।
पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका ४ का ३२ वर्षिय रामजान अली गुज्जर सोहि स्थान वडा न ३ का ४२ वर्षिय नन्दलाल थारु रहेका छन् । प्रहरीले उनीहरुलाई बाँसगढी नगरपालिका ३ मानखोला नजिकैबाट पक्राउ गरेको हो ।
थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले बताउनु भयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts