विपन्न विद्यार्थीको शिक्षामा मेयर हमालको पारिश्रमिक

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले आफूले पाउने पारिश्रमिक रकम ग्रामीण भेगका सामुदायिक विद्यालयका विद्यार्थीहरूको लागि स्टेशनरी उपलब्ध गराउनु हुने भएकाे छ ।

मेयर हमालले आगामी आर्थिक वर्ष २०८१/८२ को तलब-सुविधाबाट पाउने करिब १० लाख रुपैयाँबाट कापी, कलम खरिद गरेर ग्रामीण भेगका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई उपलब्ध गराउनु हुने भएका हुन् । मेयर हमालले सुरुदेखि नै आफ्नो पारिश्रमिकसहितका सबै सुविधा रकम विद्यालय लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

उहाँले आर्थिक वर्ष २०७९/८० मा पनि करिब १० लाख रुपैयाँबाट कक्षा ८ मा सून्य नतिजा ल्याएका धनगढीका १७ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउनुभएको थियो । आर्थिक अभावमा कतिपय विद्यालयका विद्यार्थीहरूले कापी, कलमलगायतका शैक्षिक सामग्री किन्न नसक्ने, बिचमै विद्यालय छोड्ने तथा नियमित विद्यालय नजाने समस्या रहेको छ ।

ADVERTISEMENT

मेयर हमालले आर्थिक अभाव भएका बालबालिकाको पठनपाठनमा समस्या नहोस् भनेर आफूले पाउने पारिश्रमिकबाट शैक्षिक सत्रको सुरूवातदेखि नै विद्यालयमा कापी, कलम वितरणको अभियान सुरु गरेको बताउनु भयो । मेयर हमालले विद्यार्थीहरूको सिकाइमा सुधारको लागि सहयोग गर्न विभिन्न संघसंस्था तथा ब्यक्तिहरूलाई अभियानमा संलग्न हुन आह्वान गर्नु भएको छ ।

उहाँले भन्नुभयो- “विद्यालय र विद्यार्थीहरूको संख्या धेरै छ । कापीकलम किन्न समस्या भएका बालबालिकाको शिक्षामा सुधार ल्याउने यो अभियान योगदान दिन हार्दिक अपिल गर्दछु।”

मेयर हमालले उपलब्ध गराएको कापीमा हाम्रो धनगढी, सफा धनगढी तथा फोहोरमैला ब्यवस्थापन, जलवायु परिवर्तन, वृक्षरोपण गरी पर्यावरण बचाउने, दुर्व्यसनीबाट बच्ने उपाय, सरसफाइ सम्बन्धी सन्देशलगायतका चेतनामुलक सन्देश समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *