काठमाडौं । हाँस्य टेलिशृंखला ‘ख्याल ठट्टा’ नयाँ टिमका साथमा प्रसारणमा आएको छ । ‘ख्याल ठट्टा’लाई अब सुरज खनालले लेखन तथा निर्देशन गर्नुभएको छ भने सम्पूर्ण कलाकारसँगै प्राविधिक टिम परिवर्तन भएको छ । यसअघिको ‘अत्ति भो’ टेलिशृंखलाको टिमलाई अब ख्याल ठट्टामा देख्न पाइने भएको हो ।
शनिबार बिहान एक कार्यक्रमबीच ‘ख्याल ठट्टा’को कलाकार, प्राविधिकसँगै प्रसारण मिति र समयबारे जानकारी दिइएको थियो । यो टेलिशृंखला हरेक शनिबार साँझ ७ः १५ बजे सन्सा फिल्मस् युट्युब च्यानलबाट प्रसारण हुने छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि अग्रज कलाकार सुरवीर पण्डित ‘दाह्री बा’ ले सिरियलहरूको भिडमा फरक बनोस् भन्दै सफलताको शुभकामना दिनुभयो । साथै सिरियलका कलाकार निर्मल शर्माले राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको भन्दै आफूले अहिलेको समयमा एकमात्र सिरियलमा काम गरेको जानकारी गराउनुभयो । कलाकार धनराम मुस्कान, शर्मिला शर्मा, चन्दा विडारीलगायत कलाकारले आफ्नो अनुभव सुनाउनुभएको थियो ।
रंग पत्रकार गोपिकृष्ण चापागाईंले सहजीकरण गरेको कार्यक्रममा उपस्थित अतिथि कलाकार हरिश निरौला (कक्रोज), बेगम नेपाली (भटभटे माइला), अजय रेग्मी, दिवाकर भण्डारी, बिनय कार्की, व्यावसायी शैलेन्द्रविक्रम थापा, भिडियो सम्पादक रविन भट्टलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा सभापति सिरियलका लेखक, निर्देशक तथा कलाकार सुरज खनालले यसअघि आफू ‘अत्ति भो’ सिरियलमा २०१ भाग निर्देशन गरेको अनुभव रहेको र ‘ख्याल ठट्टा’मा अझै राम्रो गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सिरियलमा पवित्रा शांकी (मिस पबि)को पनि मुख्य भूमिका छ । साथै निर्मल शर्मा, शर्मिला शर्मा, धनराम मुस्कान, सुरज खनाल, युवराज तिमल्सिना, रेशम बुढाथोकी, कल्पना खतिवडा, सुबि शाही, चन्दा बिडारी, सुमन खनाल, सोभाखर खनाल, भुवन के पोख्रेल, सोनिया पुरी, अस्मि थापा, श्याम खनाल, बलराम खड्कालगायत कलाकारको अभिनय छ ।
सागर खड्का र शिव विकको छायांकन रहको ‘ख्याल ठट्टा’मा सन्दीप चौधरीको सम्पादन छ । यस्तै, विनय कार्की र नवीना सिलवालको गायन छ भने शृंगारमा सविन घिमिरेको छ । लाइट तथा साउण्डमा विशाल विष्ट र शिव श्रेष्ठ रहनुभएको छ भने प्रोडक्सनमा सुमन खनाल रहनुभएको छ । सहनिर्देशन भने युवराज तिमल्सिनाको गर्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा