मकवानपुर । जंगली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दुगुवाङ बस्ने ५५ वर्षीय बलबहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।
आइतबार दिउँसो च्याउ खाएर बिरामी भएका प्रजाको भरतपुर अस्पतालमा उपचारका लागि लगिएकोमा साँझ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
मृतक बलबहादुरकी पत्नी जालीमाया, उनकी छोरी रेञ्जु, सबिना र छोरा सुशीलको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चेपाङ समुदायले छाक टार्न जंगली कन्दमुल, च्याउ, वनतरुललगायत खाने गर्छन् । जंगली च्याउ सेवनका कारण वर्षेनी चेपाङ बस्तीमा यस्तो दुःखद् घटना हुने गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts