
मुगु । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
आइतबार विहान सम्पन्न समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले २०८० मंसिर ३१ गते देखि २०८१ जेष्ठ १९ गतेसम्म सङ्कलन गरिएका १२ ओटा घटना प्रस्तुत गर्नु भएको थियो ।
कुटपिट सम्बन्धित ४ वटा , दुर्ववहार एक ओटा, महिला हिंसाको ७ ओटा घटनाहरु प्रस्तुत गरिएकोमा यो ६ महिनाको तथ्यांक अनुसार सबै भन्दा बढी महिला हिंसाका घटना समाबेश भएको इन्सेकले देखाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मुगु जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरि नायब उपरीक्षक बिरेन्द्र थापाले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पार्दै इन्सेकले प्रकासन गर्ने मानव अधिकार वर्ष पुस्तकले प्रहरिको अनुसन्धानमा ठुलो सहयोग पुर्याएको र जिल्ला प्रहरी कार्यलय मुगुमा परेका उजुरीहरुको विवरण प्रहरीले राम्रोसङ्ग नराखेको भन्ने इन्सेकको गुनासो प्रति आफ्नो ध्यानआक्रषण भएको र आगामि दिनहरुमा सबै विवरण नियमित अध्यावधिक गर्ने वातावरण मिलाउने बताउनु भयो ।
जिल्ला नागरिक समाज मुगुका अगुवा रुप बहादुर मल्लले इन्सेकले सङ्कलन गरेका घटना यथार्थ सहि भएको र मानव अधिकार उलंघन सम्बन्धिका घटना न्यूनीकरणका लागि इन्सेकले जनचेतना मुलुक तालिम वा गोष्ठी गर्न इन्सेकलाई सुझाव दिनु भयो र स्थानिय सरकारका न्याय समितीहरु कमजोर भएको कारण स्थानीय तहमा मानव अधिकारका उजुरी नै नपर्ने गरेको पनि उहाले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ले आफ्नो भनाइ राख्दै मुगुमा मिति सकिएका खाद्यान्न आउने र अभाव भएर जनताले दुस्ख पाउने गरेको कुरालाई खाद्य अधिकारको बारेमा घटने घटनामा बिशेष जोड दिनको लागी इन्सेकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उपस्थित पुर्व इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले मुगुमा सबै भन्दा बढी महिला हिंसाका घटनाहरु घटने तर स्थानीय तहको न्याय समितिमा नआउने र गाउँमा भएका प्रहरी चौकिमा नै मेलमिलाप हुने उक्त क्षेत्रमा सम्पर्क गरेर घटना संकलन गर्न सुझाव दिनुभयो ।
मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि प्रकाशन पुर्व संकलित घटनाहरु बारे सरोकारवालाहरुसङ्ग गरिएको अर्धवार्षिक समीक्षा कार्यक्रममा पत्रकार,प्रहरी कार्यालय,सरकारी वकिल कार्यालय र जिल्ला अदालतका प्रतिनिधिहरु उपस्थित हुनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच