पर्सा वन्यजन्तु आरक्षका स्थानीय तितुङलाई हत्या गर्ने सुरक्षाकर्मीलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ : महेश बर्तौला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडाैं । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले स्थानीय सुकबहादर तितुङलाई गोली हानि हत्या गरेको आरोपलगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले हटौँडा उपमहानगरपालिका वडा नम्बर १० निवासी तितुङलाई सो आरक्ष क्षेत्रको पसेको भन्दै त्यहाँको सुरक्षाकर्मीले गोली हानेर हत्या गरेको उल्लेख गर्दै त्यस्तो जघन्य अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रमुख सचतेक बर्तौलाले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र आसपासका स्थानीयलाई त्यहाँका प्रशासन, वन्यजन्तुले दुःख दिने गरेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘यो बैठकका निकुञ्ज क्षेत्रका त्यस आसपासका स्थानीयले पाईरहेका दुःखहरु, अप्ठयाराहरुको बारेमा सदस्यहरुले विभिन्न समय कुरा राख्दै आउनुभएको छ । मैले आज एउटा दुखद् घटना संसदमार्फत सरकारलाई जानकारी गराउनुपर्ने भएकाले यो समय मागेर म उठेको छु सभामुख महोदय । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ निवासी सुकबहादुर तितुङ, उनको घर आँगनमा नै जंगल जोडिएको छ । जहा मध्यवर्ती क्षेत्र पर्छ । मध्यवर्ती क्षेत्र जोडिएको त्यो वन भित्र उनी गए केही साथीहरुसहित । पर्सा बन्यजन्तु आरक्षका कर्मचारीहरुले, सुरक्षाकर्मीहरुले, त्यहाँ खटिएका नेपाली सेनाले सुकबहादुर तितुङलगायत त्यहाँका जनताहरुलाई आक्रमण गरे । गोली हानेर सुकबहादुर तितुङलाई हत्या गरे । अस्ती ७ गतेको घटना हो सभामुख महोदय । त्यहाँको स्थानीय नागरिक, जसले त्यहाँको वनजंगल संरक्षण गरे । त्यहाँको जैविक विविधताको संरक्षण गर्न स्थानीय समुदाय लाग्छन् । तर मध्यवर्तीको कारणले गर्दा, आरक्षणको कारणले गर्दा र निकुञ्जको कारणले गर्दा त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवियतान पनि नराखिकन छातिमा गोली ठोकेर हत्या गर्ने सम्मको ठूलो जघन्य अपराध भयो सम्माननीय सभामुख महोदय । लोकतन्त्रमा, गणतन्त्रमा यसरी नागरिकलाई दिनदहाडै गोली ठोकेर मारिदिने जे परिस्थिति विकास भयो । आरक्षणका कर्मचारी, सुरक्षा निकायबाट । गम्भिरताका साथ म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु-घटना दुःखद् भईसक्यो । दोषी सुरक्षाकर्मीहरुलाई पहिचान गर्ने, कारबाहीको तहमा अघि बढाउने र पीडित परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि म सम्माननीय सभामुख महोदयमार्फत नेपाल सरकारको गम्भिरताका साथ ध्यानाकर्षण गराउन चाहन्छु । यस्ता दुखद घटना हुन नदिन सरकारको ध्यान पुगोस् । अहिले जसरी हत्या भएको छ । यो अपराध कर्ममा जोडिएका दोषी देखिएकासुरक्षाकर्मीहरुलाई कारबाही गर्ने र पर्सा वन्यजन्तु आरक्ष निकुञ्जको वार्डेन सहितको संलग्नतामा सबै घटनाहरु भईरहेको छ । आवश्यक कारबाहीको प्रक्रिया र पीडितलाई क्षतिपूर्तिको बन्दोबस्तका लागि नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’

प्रमुख सचेतक बर्तौलाले नागरिकलाई दिनदहाडै गोली हानेर हत्या गर्ने जस्तो जघन्य अपराध गर्नेहरुमाथि सरकारले कडा कारबाही गर्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज