
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट बहुमतले पारित भएको छ ।
कोशी सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले गएको असार १ मा प्रस्तुत गर्नुभएको बजेट शनिबार प्रदेशसभाबाट बहुमतले पारित भएको हो ।
शुक्रबार राति नौं बजेसम्म बजेटमाथिको छलफलपछि आजको प्रदेशसभाबाट पारित भएको हो ।
कोशी सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो । पारित बजेटमध्ये चालुतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको छ । जसमध्ये चालु खर्चमध्ये संघीय अनुदानतर्फ फिर्ताका लागि ३ अर्ब रहेको छ ।
बजेटमा खर्चको स्रोत जुटाउन राजस्व बाँडफाँटबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरणबाट ८ अर्ब ९४ करोड ३२ लाख, आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड, ससर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख, समपूरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी ३१ अर्ब ९२ करोड ३४ लाख प्राप्त हुने उल्लेख छ ।
अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटको अंकअनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३५ करोड ५९ लाखको घाटा बजेट ल्याएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच