
अपूर्व मिलनको संयोगमा जसरी आएको छु म त्यसैगरी अनायासको विछोडमा अस्पष्ट कुनै ठाउँ जानु नै छ । अविदितको यात्रा एउटा आगमनको पल, अविदितको यात्रा एउटा गमनको पल । यिनै दुई अविदितका रेखालाई समाएर एउटा अनौठो भ्रमको फराक आँगन खडा भयो जहाँ समग्र विश्व आआफ्नै पाराले नाचिरहेछ । कतै समर्थनको नाँच, कतै विरोधको नाँच, कतै अगाधअन्धताको नाँच, कतै अलिकति विश्वास र अलिकति अविश्वासको नाँच ।
एउटा तर असङ्ख्यको समूह अन्धअँध्यारोलाई जीवनको उज्यालो ठानेर भुर्भुवमा कुद्दै छ । होस् वा नहोस्, पाओस् वा नपाओस्, मिलोस् वा नमिलोस् पाउने वा मिल्ने विश्वासका पोयामा बाइबल बिच्छ्याएर बोल्छ- एशु जिन्दावाद ! कुराण बिच्छ्याएर बोल्छ- अल्लामोहम्मद जिन्दावाद ! मुन्धुम बिच्छ्याएर सानो मिठास मुस्कन्छ- क्वाङ् खिली सुर्ती पितो पितो साइलासाइली, कान्छाकान्छी ! अर्को आफैँले अनन्त उवाएझैँ, हत्केलामा उठाएझैँ कृष्णको वृन्दाचल सादृश्यीकृत गर्दै, गर्न केही नसके पनि हुङ्कार कायर मनको हुङ्कारमा वेद सर्वस्वको ढर्रा उभिन्छ, पुराण वाचकको पाइताला हल्लिन्छ । गरुणको गीतगाएर निधार फोहोरी धर्से टीकामा विकृत मन फुक्छ-ओम् नमो शिवाय, विश्णवाय, ब्रहृमायः ।
स्रष्टा सिर्जना हो भने नवीनको धारमा अक्षर हिमालमा आगो बल्नुपर्छ, आगोमा पानी चिसिनुपर्छ, उकालो ओरालिनुपर्छ र ओरालोमा घुँडा ठेकिनु अनिवार्य छ अनन्त उक्लाइको चाहना पक्रेर । झर्नु, दृश्यका आँखामा समय धेरै बितेकै हो । सिर्जन नवको कलम खुलेपछि मात्र ग्यालेलियो गुरुत्वाकर्षणमा आँखा उघ्रियो ।
यी थाङ्ने कुरा त बाबुले पनि गरे म जन्मनुअघि नै मजाले । आमाले पालाभरि तेल खन्याएर घण्टी बजाएकै हो । पुस्तौँपुस्ता बिते तिनै थोत्रा गीत गाएर, तिनै डोब मेटिइसकेका पुराना जीर्ण बाटामा पदचाप ओच्छ्याएर । पहाड अग्लो छ को औचित्य कसैले खोतल्नु पर्दैन दिमाखको ढोका खोलेर । हिमाल चिसो छ मा शताब्दिऔँ बिते, यसमा नै अक्षरका बिस्कुन सुकाएर गर्व गर्नुको अर्थ हुटिट्याउँको आकाश छोपाइ र अहं उक्लेका अहङ्कारको आत्मश्लाघा सिवाय संसारको फेरोमा कुनै छेउ भेटिन्न ।
स्रष्टा सिर्जना हो भने नवीनको धारमा अक्षर हिमालमा आगो बल्नुपर्छ, आगोमा पानी चिसिनुपर्छ, उकालो ओरालिनुपर्छ र ओरालोमा घुँडा ठेकिनु अनिवार्य छ अनन्त उक्लाइको चाहना पक्रेर । झर्नु, दृश्यका आँखामा समय धेरै बितेकै हो । सिर्जन नवको कलम खुलेपछि मात्र ग्यालेलियो गुरुत्वाकर्षणमा आँखा उघ्रियो । खाँचो केही थिएन, कुनै विश्वविद्यालयले कार्यपत्रको पैसा थमाएर आदेशको अक्षर अराएको पनि होइन । स्रष्टत्वको नवखोजमा नै गजधम्म पृथ्वी बिस्तारै भए पनि घुम्ती फेरो मारेर घुम्यो । उदाउने र अस्ताउँने म्याराथुन पसिना काढेर दौडिरहेको तातो सूर्य बुढानीलकण्ठ झैँ समाधिमग्न बस्यो । आइन्स्टाइन म लेख्छु, उसले घोक्छ, तिमी गुगलमा अनुसन्धान उभिन्छौ । यो देश स्वर्ग भनेर भएको होइन । कुन देश हो आइन्स्टाइनको ? यो पुर्खा ईश्वरपूजामा मूर्तिमाथि अक्षता फालेर भएको होइन । बाबुआमा कुन कुन र को को हुन् ग्यालेलियोका ?
भ्रष्टाचार मातेर अग्लिनुको अर्थ ओडिसी हुन सक्दैन । चन्द्रलोक भ्रमणको अग्लो उचाइ थाकेर व्यथित वैज्ञानिकले बिल्गेटसको पुर्खा खोजेन । कुनै क्षितिजमा उदाउन नै न भ्याएको र पाइलामा चक्रको रेखा नै नबसी सकेको होमरले कुन जङ्गलमा मान्छेको सिकार गरेर सत्ताको आसनमा प्रचण्ड अँध्यारो ओढेको थियो र ? व्याधका सिकार पन्छीहरू भएका शताब्दी कयौँअघि बिते, कयौँ वर्तमानमा बित्दै छन् र भोलि असङ्ख्यको बिताइ सापेक्षतावादको सिद्धान्त अवलम्बन गरेर सहज अनुमानमा हामी निर्धक्क उत्रन सक्छौँ । हिंसाको सोखमा गति एउटै हो–थोत्रे, पुरानो, गएगुज्रेको, झम्पट । लम्पटहरूको लाम यसरी नै लाग्नुको अर्थ स्रष्टत्व हुन्न । बाल्मीकि सिकारी हुन सक्छ र परम्पराको ?
क्वान्टम आँखा फुटेका गोरुको भदौ होइन । अविश्रान्त चौबाटाको चौतरी जहाँ पुरानो पहेँलो धोती फेरेर एउटा धर्मभिरु निदाउँन सक्छ फेरि न बिउँझने गरी । अणु झिल्काहरू यसमा नै विस्फोटित हुन सक्छन् शीतयुद्धका आँखामा नानीका तेज भरेर । बुद्धविश्वासको मसिनो श्वास यसमा नै फेरिन सक्छ सृष्टिको निरन्तरतालाई जीवन्त राख्न । चौबाटा खुल्नुको चमक अजीवबिन्दु हो जडले रमाउनुपर्दछ र चिद्ले पनि छाती खोलेर चौडा भविष्यको अन्तरालोकमा उन्मुक्त उठ्न पाउनुपर्छ, उभिन पाउनुपर्छ र खुला रूपले हात फैलाएर हिँड्न पाउनुपर्छ । आकङ्क्षाका फराक चहुर डुलेर थाके पनि आफ्नै थकानको मजा ! बसेर पट्याइलागे पनि आफ्नै पट्यारको आनन्द ! सुदूरसम्म हेरेर आँखा पट्याए पनि आफ्नै इच्छाभित्र टट्टाइका नानी सन्तुष्टि ।
आगाका रापमाथि बसेर दूरक्षितिज देखेको छु भन्नुको वर्तमान पीडाबोध व्यक्त गर्न नसक्नुको विवशतामा अल्झिनु अर्कै हो तर नभएको अनुभूति कतै पाइन्न । जताततै ज्वालामुखी गएको छ । फिलिङ्गाहरू फुत्त फुत्त उछिट्टिन्छन् परेली झिम्क्याइभन्दा छिटो । ध्वनिको गतिभन्दा तीव्र । धुवाँले आकाश मडारिएको निस्लोट क्यान्सरका बिरामीझैँ । धर्मका धुवाँले, राजनीतिका धुवाँले, पण्डाका धुवाँले, मुण्डाका धुवाँले । कतै मठमाथि गेरु पहिरिएर लामा दारीहरू चण्डाल नेताका नाममा वेससानबाट राम फुक्लिन्छ मूर्तिको अग्लो गजूर खडा गरेर । कतै कडा सिमन्टीमाथि शिर टेकेर अर्को चण्डाल पुरोहित शङ्खघोष गर्छ- संसार सर्वत्र मेरै हुनुपर्छ, पुरुषत्व जम्मा गर बाँकी नराखी नारीहरू ! सन्तान यति हुन्– भुर्भुव नामनिशना मेट, ओम् म्यामे प्यामे कतै नहल्लून् मानेहरू, सिया हटाऊ शून्य, शून्य हटाऊ सिया, सुनसान चकमन्नमा एउटै अविश्रान्त जातको विगुल बज्नुपर्छ निस्तब्ध सन्नाटा !
शान्ति मानवता हो थाहा छ सबैलाई, क्षेप्यास्त्र रक्षाकवच हुन सक्दैन । मान्छेको सर्वमनोसन्तुष्टि सर्वोच्च विकास हो । चाहे ऊ झुप्रामा नाङ्गै बसोस् वा बगरको तातोले रापियोस् । गरी खाने कर्मका हातविना भय फिजिन पाए संसार हत्केलीमा उचाल्न सक्छ ऊ ।
निरङ्कुशका मौन बस्तीबाट चकमन्नमा चाँडो चाँडो सन्तानका लाम उभिन्छन् । खोक्रा ट्याङ्करबाट निशाना ताकेर यात्रा चल्छ जमिनभन्दा माथि आकाशमा । निरीह बस्ती ताकेर ताता सन्तान हल्ला गर्दै ओर्लन्छन् आगाका मदहोस् ज्वालामा । मानवता एकछिन् आक्रोश ओकल्छ, थाक्छ, चीरनिद्रा सुतेपछिको उसको संसार कहाँ छ ? कस्तो छ ? सुख छ या दुःख छ ? न यी निरङ्कुश ठेकेदार भुँडी हल्लाएर भन्न सक्छ उत्तर कोरिया ? न तालु छामेर उत्तरित हुन सक्छ मस्को क्रेमलिन ?
न टुप्पीमा दारी टाँसेर या दारीमा टुप्पी लम्याएर भन्न सक्छन् पाशुपतभक्त अल्छे अकर्मण्य फुर्के पण्डितहरू ? न तिनमा पुनर्जीवनको सञ्जीवनी छम्कन सक्छ संसार मेरो इशारा हो ठान्ने विज्ञानले ? न मानेको जामा अझ भनौँ बख्खु फैलिएर बारुद चिस्याउँदै ज्वाला निभाउन सक्छ बुद्धको कथित शान्तिदूत परिनिर्वाणले ? न गीतारमा तार रेटेर निस्केको झङ्कारको अन्तर सङ्गीत उत्तरित हुन सक्छ एशु समुद्र बनेर ?
शान्ति मानवता हो थाहा छ सबैलाई, क्षेप्यास्त्र रक्षाकवच हुन सक्दैन । मान्छेको सर्वमनोसन्तुष्टि सर्वोच्च विकास हो । चाहे ऊ झुप्रामा नाङ्गै बसोस् वा बगरको तातोले रापियोस् । गरी खाने कर्मका हातविना भय फिजिन पाए संसार हत्केलीमा उचाल्न सक्छ ऊ । कुटोले बाँझो कोट्याएर होस् वा गिट्टीसँग पसिना चुहाएर । इँटा बोकेर होस् वा सडक रेखाङ्कन गरेर । ओठले टेपरेकर्ड भट्याएर होस् वा हाटेल, झाङ्झुप्रातिर इन्द्रियका विलासमा रमाएर होस् वा कष्ट सहेर होस् । यो उसको स्वतन्त्रता हो । इच्छाले स्वतन्त्रतापूर्वक व्यक्ति कार्यक्षेत्रमा फिजिन पाउनु नै विकासको उर्वर भूमि हो चाहे ऊ आङ्भरि जुम्रा र पाउ पट्पटी फुटेर रगतका छिर्का छिर्किएका दृश्यमा किन न होस् ।
एउटा पैचासिक मनोवृत्तिको मान्छेलाई वा व्यक्तिलाई शिरमा सजाएर उसका इच्छित एकलौटी मनोजिज्ञाशालाई संविधानको टुँडिखेल बनाएर कानुनका पगरी अरूलाई बाँध्दै सिँगारिएका चिल्ला चिप्ला बाटामा, लगाइएका भ्याकुम र काटिएका घाँसमा विकास देख्नु दासताको पराकाष्ठा हो । उनीहरूकै सत्ताआसन सुरक्षार्थ अर्कोको बली हुनु निर्लज्जताको नमुना सिवाय अर्को केही हुन सक्दैन । वर्तमान विश्वको अनुहार जताबाट हेरौँ यिनै पैचासिक व्यक्तिसत्तालाई सुरक्षित राख्ने दासतामा नौजवान सुरक्षाकर्मीका दिनहुँ असङ्ख्य सङ्ख्यामा आहुती भइरहेको छ । चाहे सडकप्रहरीको नाममा होस्, चाहे सशस्त्र, चाहे नगर प्रहरीका नाममा होस् चाहे कथित राष्ट्रसुरक्षाका सैनिक जमातका नाममा । चाहे ट्राफिक प्रहरीका नाममा होस् कमाण्डो टोलीको नाममा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच