
कैलाली । सुदूरपश्चिम प्रदेशमा नियुक्त गरिएका ५ जना मन्त्रीले मन्त्रालय पाउन सकेका छैनन् । मन्त्रालयभन्दा बढी मन्त्री नियुक्त गरिएपछि ५ जना मन्त्रीलाई मन्त्रालय पाउन समस्या भइरहेको हो ।
नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने बिना विभागीय ५ जना मन्त्रीलाई छिट्टै जिम्मेवारी तोकिने दाबी गर्दै आउनु भएको छ ।
एकिकृत समाजवादी, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रलाई भागबण्डा मिलाउन आवश्यकता भन्दा बढी मन्त्री नियुक्त गरिएको भएपनि बिना विभागीय मन्त्रीहरुले भने जिम्मेवारी पाउन नसक्नु भएको हो ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तेस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दा एमालेबाट सुुरेन्द्रबहादुर पाल आर्थिक मामिलामन्त्री र माओवादीबाट ओमप्रकाश भाटले सामाजिक विकास मन्त्रालयको फुल जिम्मेवारी पाउँदा सँगै नियुक्त भएका ५ जना मन्त्री भने जिम्मेबारी विहिन अवस्थामा छन् । भागबण्डाको किचलोका बिच मुख्यमन्त्री सोडारीले ५ जना बिनाविभागीयसहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।
एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना, एक जना एकीकृत समाजवादीका र एक जना स्वतन्त्र सांसद गरेर थप आठ जना मन्त्री नियुक्त गर्नुभएको थियो । स्वतन्त्र सांसदले भने मन्त्री खान अस्वीकार गर्नुभएको थियो ।
एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक, एकीकृत समाजवादीका माया पन्तलाई विनाविभागीय मन्त्री नियुक्त गरिसक्नु भएकोछ । यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित १० सदस्यीय भएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीबाट दुई जना मन्त्री छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री हुनुभएको हो । माओवादी केन्द्रमा मन्त्री सिफारिसको विषयलाई लिएर किचलो भएको थियो । पाँच जना सांसदहरुले संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण बुझाउनु भएको थियो । सांसदहरु खगराज भट्ट, झपट साउँद, शिवसिंह ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच