काठमाडौं । मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानले मनसुन शुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने बताउनु भयो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन्द गनुपर्ने अवस्था रहेको बताउनु भयो । विज्ञ र मन्त्रालयले जेठ ३१ गतेबाट जुनसुकै समयमा पानी बन्द गर्न सुझाव आएको भन्दै आयोजनाले तत्कालको लागि पानी बन्द नगरी निरन्तर पानी पठाउने काम गरिरहेको बताउनु भयो । तत्काल मनसुन सक्रिय नभएको र नदीमा बाढी नआएकाले तत्काल हेडबक्स बन्द नगरीने कार्यकारी निर्देशक लामिछानेले बताउनु भयो ।
कार्यकारी निर्देशक लामिछानेले मेलम्ची नदीमा धमिलो पानी नआएसम्म पानी पथान्तरण जारी रहने बताउनु भयो । सबै सावधानिका उपायहरु अपनाएर आवश्यक जनशक्ति र उपकरण समेत तयारी अवस्थामा राखेको बताउनु भयो । उहाँले मेलम्चीको पानी बन्द गर्ने मिति नतोकिएको बताउनु भयो । उहाँले अहिले रहेको मेलम्चीको हेडबक्सबाट काठमाडौंमा १२ महिना पानी सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ बर्खा लागेपछि मनसुन सक्रिय हुनुभन्दा एक हप्ता अगाडि मेलम्चीको टनेल बन्द गर्न धेरै विज्ञहरुको जेठ २८ गतेबाट बन्द गर्नुपर्छ भन्ने सुझाव प्राप्त भइरहेको थियो । त्यही अनुसार समाचारहरु पनि आईरहेका छन् । तर मेलम्ची खानेपानी विकास समिति मनसुन सक्रिय नभएसम्म पानी सञ्चालन गर्ने तयारीका साथ सकेका छौं । जेठ ३१ गतेबाट मनसुन सक्रिय भएपछि थप निगरानी बढायौं । मेलम्ची नदिमा जबसम्म पानी धमिलो आउँदैन र माथि पहिरो जाँदैन तबसम्म पानी सञ्चालन गरी राख्ने योजना बनायौं । त्यसको लागि सबै सावधानिका उपायहरु अपनाएर बसेका छौं । आज शुक्रवारदेखि पानी बन्द गर्ने कुराहरु आइरहेका छन् । तर बन्द हुने सम्भावना जुनसुकै बेला पनि छ । जेठ ३१ गतेपछि पानी धमिलो र बाढी आएर टनेललाई क्षेती पुग्ने अवस्था आयो भने जुनसुकै बेला पनि टनेल बन्द गर्नसक्ने गरी मन्त्रालयबाट स्वीकृत लिएर बसेका छौं । आज बन्द हुने भने पनि आज पनि टनेलबाट सुन्दरीजलमा पानी पथान्तरण गरिरहेका छौं । आजसम्मको अवस्था हेर्दा जतिबेला ठूलो पानी पर्छ र बाढी आउँछ त्यतिबेला मात्रै पानी बन्द गछौं । मेलम्चीको पानी बन्द गर्ने मिति तोकिएको छैन । हामी जति सकिन्छ त्यति बढी समय काठमाडौंमा पानी पथान्तरण गर्छौं भनेर लागि रहेका छौं । त्यसको लागि तयारी अवस्थामा मेनपावरहरु राखिसकेका छौं । यस्तो हुदा पानी झ्प्प बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । पानी आएर बाढी आयो भने तत्काल टनेल बन्द गर्छौं । मेलम्चीको मुख्य गेट बन्द गर्न १५ मिनेट समय लाग्छ । अल्टरनेट टनेललाई बन्द गर्न २ घण्टा लाग्छ । खोला ठूलो बढेको अवस्थामा बन्द गर्न जान नसक्ने अवस्था छ । त्यसले गर्दा पानी बढ्न थालेसँगै पानी बन्द गर्नुपर्छ । आजसम्म पानी सञ्चालन गरीरहेका छौं । कुन मितिसम्म सञ्चालन गर्ने भन्ने मौसममा भरपर्छ । मेलम्चीको माथिल्लो भागमा बाढी र पहिरो जाँदैन तबसम्म एक दुई घण्टा भए पनि पानी सञ्चालन गर्ने तयारीमा छौं । मेलम्चीको बाढीको कारण अहिले नदिको पानी सिधै टनेलमा हाल्नु पर्ने अवस्था छ । त्यसैले खोलामा धमिलो पानी आउँदा टनेलमा धमिलो पानी हाल्दा टनेल बचाउन आवश्यक छ । टनेल ड्यामेज भयो भने हाम्रो सपना नै तुइने अवस्था हुन्छ । याङ्ग्री र लार्केको पानी पनि यही टनेलमा थप्दै छौ । मेलम्ची, आङ्ग्री र लार्केको गरेर ५१ करोड लिटर पानी ल्याउने टनेलमा ड्यामेज हुने हिसावले सावधानिका साथ वर्षादतको लेदो पानी रोक्नेछौं । अहिले रहेको मेलम्चीको हेडबक्सबाट काठमाडौंमा १२ महिना पानी सञ्चालन गर्नसक्ने अवस्था छैन ।’
मनसुन सक्रिय भएर मेलम्ची नदीमा बाढी आए पानी बन्द हुने र मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाउने कार्यकारी निर्देशक लामिछाने बताउनु भयो । उहाँले मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा हुनसक्ने सम्भावित क्षति न्युनिकरणका लागि आयाजनाले हेडबक्स बन्द गर्ने बताउनु भयो । आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ ।
उहाँले मलम्चीको पानी बन्द भएपनि उपत्यकावासीलाई पानीको अभाव भने हुन नदिने बताउनु भयो । उहाँले मनसुन सक्रिय भएसँगै पानीका स्रोतहरु पानीको बहाव बढ्ने तथा इनारमा समेत पानी बढ्ने बताउनु भयो । उहाँले मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वागमती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने तयारी रहेको बताउनु भयो। उहाँले मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको आपूर्ति व्यवस्थापनलाई सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी वितरण गर्ने तयारी भएको बताउनु भयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts