कालीकोट । व्यक्तिहरुको लैङ्गिक अनुभव र अभिव्यक्तिहरुलाई स्वस्थ्य, सुखद् र सम्मानजनक तरिकाले समर्थन गर्दै सकारात्मक लैङ्गिकता सम्बन्धी कालीकोटका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको आयोजनामा बिहीबार सदरमुकाम मान्ममा पत्रकारहरूसँग अन्तरक्रिया गरिएको हो ।
मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीको अध्यक्षतामा भएको कायर्यक्रममा अतिथिहरूमा (हुरेन्डेक) नेपालका उपाध्यक्ष बिरेन्द्र बहादुर वुढा, नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरत राज बिष्ट, (हुरेन्डेक) नेपालका अनुगमन तथा मूल्याङ्कन अधिकृत कटक बहादुर बम, फिल्ड सुपरभाइजर गिरेन्द्र शाही, सादा नेपालका अनुगमन तथा मूल्याङ्कन अधिकृत नमराज योगीलगायत जिल्ला स्थित सम्पूर्ण पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत रहेर जिल्लास्थित क्रियाशिल पत्रकारहरुसँग सकारात्मक लैङ्गिकता सम्बन्धी व्यापक छलफल गरिएको छ । कार्यक्रममा उपस्थित सहभागीहरुले समाजमा घट्ने लैङ्गिक हिंसा र विभेदका घटना उजागर गर्नमा सबैले जोड दिन आवश्यक रहेको बताएका थिए ।
समाजमा अन्ध विश्वासका रुपमा गरिने लैङ्गिक विभदेका कारण समाज परिर्वतन गर्न नसकिने भएकाले सामाजिक परिर्वतनका लागि समाज बदल्न सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक कामको सुरूवात गनुपर्नेमा जोड दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरु । तस्बिर : मान बहादुर विश्वकर्मा/हिटा







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts