काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १९१औँ र १९२औँ शाखा धादिङमा सञ्चालनमा आएका छन् । गजुरी र धार्केमा दुर्ई शाखा स्थापनासँगै बागमती प्रदेशमा सिटिजन्स बैंकका शाखा कार्यालय संख्या ५४ पुगेको छ ।
गजुरी र धार्केमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गर्दै ग्राहकलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझै उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । शाखा उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको उपस्थिति रहेको बैंकले जनाएको छ ।
नयाँ शाखा सञ्चालनका अवसरमा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । साथै डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था रहेको छ ।
नयाँ शाखाको शुभारम्भ भएको दिन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गजुरी १, आधामारा धादिङस्थित पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ । विद्यालयमा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहयोगस्वरूप कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements