काठमाडौं । सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज (मंगलबार)देखि शुक्रबारसम्म हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने ७२ होलको प्रतियोगिताको विजेताले दुई लाख ७५ हजार, उपविजेताले एक लाख ७५ हजार, तेस्रोले एक लाख २२ हजार र चौथोले एक लाख दुई हजार र पाँचौं हुनेले ८८ हजार रुपैयाँ पाउनेछन् ।
यसैगरी शीर्ष २१ भित्र रहने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा दुई चरणको समाप्तिपछि कट लागू हुनेछ । जसबाट शीर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
प्रतियोगितामा भुवन नगरकोटी, निरज तामाङ, दिनेश प्रजापती र सुवास तामाङलाई प्रमुख दावेदारका रूपमा हेरिएको छ ।
शनिबार प्रो एम च्याम्पियनसिप पनि हुनेछ । जसमा २५ प्रोफेसनर र १०० एम्योचर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा