काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले निर्वाचन हुन बाँकी रहेका सबै राष्ट्रिय खेल संघको निर्वाचन हुने बताउनुभएको छ । एथलेटिक्स परिवार नेपालको आयोजनामा सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा सदस्य-सचिव घिसिङले यस्तो बताउनुभएको हो ।
‘म परिषद्मा आउँदा २०० भन्दा बढीको हाराहारीमा राष्ट्रिय खेल संघ थिए । निर्वाचन कुन चराको नाम हो जस्तो थियो । अहिले ६१ राष्ट्रिय खेल संघ कायम गरिएको छ । ४३ वटाको निर्वाचन भएको छ । बाँकीको निर्वाचन हुन सकेको छैन । त्यसभित्र एथलेटिक्स संघ पनि परेको छ । म यहाँहरूलाई के विश्वास दिलाउन चाहन्छु भने एथलेटिक्स संघको निर्वाचन प्रक्रिया पनि छिट्टै आरम्भ हुनेछ ।’ सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘सामान्यतः परिषद्ले कुनै पनि संघमा हस्तक्षेपकारी कदम चालेको छैन ।
मैले संघहरूलाई व्यवस्थित बनाउनका निम्ति ध्यानाकर्षण गराउने काम भने गरेको छु । त्यसलाई हस्तक्षेप मान्नुभएन । एउटा विधिमा हिँडाउनका निमित्त मात्र कोसिस गरेको हुँ । त्यो एउटा सत्प्रयासबीचमा ४३ वटा संघको निर्वाचन हुँदोरहेछ भने बाँकी संघको पनि निर्वाचन सम्भव तुल्याइछाड्नेछु ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा