काठमाडौं । सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवं पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
पुस्तकमाथि टिप्पणी गर्दै सगुना शाहले ‘स्व’ स्व-अस्तित्वको खोजको कथा भएको बताउनुभयो । अर्का वक्ता घनश्याम खड्काले मानिसका प्रयत्न खुशीको खोजी भएको र आफैंभित्रको यात्राबाट मात्रै त्यो सम्भव भएको बताउनुभयो ।
सात वर्षको समयावधिमा उपन्यास लेखिसकेको र आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई उपन्यासमा चित्रण गर्ने कोसिस गरेको लेखक सरस्वतीको भनाइ थियो । सात वर्षअघि प्रकाशित ‘नथिया’ उपन्यासबाट पाठक र समीक्षकको राम्रो प्रतिक्रिया पाउनुभएकी सरस्वती प्रतीक्षाको यो दोस्रो उपन्यास हो । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको २९६ पृष्ठको ‘स्व’को मूल्य ५९९ रुपैयाँ राखिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts