दाङ । अत्याधिक गर्मीले जनजीवन प्रभावित भए पछि दाङका विद्यालय पुनः बन्द भएका छन् ।
अत्यधिक गर्मी कायमै रहेका कारण पढाईमा सहजता आउन नसक्ने भएपछि यही २०८१ साल असार २ गते पनि सामुदायिक तथा निजी विद्यालयहरु बन्द रहने कुराको जानकारी गराउदँछौ पालिकाहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि अत्याधिक गर्मीले विद्यार्थी वेहोस हुन थालेपछि जेठ ३१ र ३२ गतेका लागि विद्यालय बन्द गरिएको थियो । पालिकाका अनुसार बर्षे विदाबाट कटौति हुने गरि गर्मी विदा गरिएको हो ।
दाङको तापक्रम ४० डिग्रि माथि छ । नेपालको पूर्वी भागमा मनसुन भित्रिएको भएपनि त्यो पश्चिम आइपुग्न अझैं केही दिन लाग्न सक्ने अनुमानहरु गरिएका छन् । लामो समयको खडेरी र उच्च तापमानका कारण दिउँसोमा तातो हावा लु चल्न थालेको हुँदा सामान्ने जनजीवन कष्टकर बनेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता