जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डले सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले राजनीति अपराधीकरण तर्फ अग्रसर भएको बताउनु भएको छ ।
जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्री प्रचण्डले कहिले कांग्रेस कहिले एमालेलाई बाध्य पारेर गरिररहेको सत्ता आरोहण कुर्सीका लागि मात्र भएको बताउँदै त्यस्ले राजनीति अपराधिकरण तर्फ गइरहेको बताउनु भये ।
नेता कोइरालाले राजनीतिक स्थिरता बिना सु्शासन हुन नसक्ने र सुशासन नभए आर्थिक विकास हुन नसक्ने बताउनु भयो । देशमा रहेको सात प्रदेश र एक संघीय गरि कुल आठ सरकार डेढ वर्षमा २३ पटक फेरिएको बिडम्वना पुर्णस्थिति देशमा रहेको बताउँदै उहाँले जति सुकै बजेट ल्याइएपनि राजनीतिक स्थिरता बिना आर्थिक विकास र सम्वृद्धि असम्भव रहेको दाबी गर्नुभयो ।
सो अवसरमा नेपाल प्रेस युनियनमा प्रवेश गरेका नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्णलाई डा. कोईरालाले अविर र माला लगाएर स्वागत गर्नुभएको थियो ।
-पुरन साह







Breaking news with related posts