चितवन । भरतपुर महानगरपालिका-२९, भार्लाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
भरतपुर-२९, भार्लाङ बस्ने लोकबहादुर प्रजाकी श्रीमती ३८ वर्षीया इन्द्राकुमारी प्रजा बिहीबार बिहान ८ः०० बजे घरबाट दही किन्न जान्छु भनी निस्किएकोमा शुक्रबार दिउँसो घरदेखि दुई किलोमिटर टाढा अनिल गुरूङको मकैबारीमा आफन्तले मृत अवस्थामा फेला पारेका थिए ।
घटनाको अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।






